तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह

काठमाडौँ ।  राष्ट्रिय मानवअधिकार आयोगले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र संरक्षणमा संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ । 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोगले आज एक विज्ञप्ति निकालेर  संविधान तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानूनले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न आग्रह गरेको हो । 

आयोगले पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न  सरकार लगायत सम्बद्ध सबैमा आग्रह गरेको छ । गत चैत १५ गते समाचार सङ्कलनका क्रममा तीनकुनेमा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको र शिक्षक आन्दोलनको समाचार सङ्कलन गर्दा पत्रकार सविना कार्की घाइते भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button