तपाईँ सुन्दै हुनुहुन्छः

दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार यादव सम्मानित

विराटनगर । सुनसरीको इनरुवामा एम.एम. कप फाउण्डेशनको सम्मान कार्यक्रम सम्पन्न भएको छ । सुनसरीको इनरुवामा २१ वर्षदेखि पत्रकारिता गर्दै आउनुभएको पत्रकार जयकृष्ण यादव सम्मानित हुनुभएको छ । गोरखापत्र दैनिकमा कार्यरत इनरुवा समाचारदाता जयकृष्ण यादव एम एम कप फाउन्डेसनद्वारा सम्मानित हुनुभएको छ ।

जहाँ क्रिकेट बाँच्छ, त्यहाँ हामी छौ। भन्ने मुल नारा सहित खेलकुद सहित विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै सम्मान गर्दै एम.एम. कप फाउण्डेशनको सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा साहित्यकार शशी बजगाई, जीवनाथ पोखरेल, पत्रकार जयकृष्ण यादव , शशि कोइराला, सहितलाई एम.एम. कप फाउण्डेशनको सम्मान कार्यक्रममा सम्मान गरेको छ ।  सम्पन्न भएको कार्यक्रम एम एम कप फाउण्डेशन, केन्द्रिय कार्यालयका अध्यक्ष विप्लव घोषको अध्यक्षता तथा पूर्व मुख्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य भिमप्रसाद आचार्यको प्रमुख आतिथ्यता त्यता रहेको एम.एम. कप फाउण्डेशनले जनाएको छ । 

कार्यक्रममा पूर्व वडा अध्यक्ष कालुराम गुरुङ र इनरुवाका उपप्रमुख विनिता मेहताले खेलकुदको माध्यमबाट पहिचान स्थापित गर्नुपर्ने बताउनुभयो ।  सम्मान कार्यक्रममा इनरुवाका पूर्व नगर प्रमुख खेमराज पोखरेलले मनमोहन कप फाउन्डेसनले इनरुवालाई देशव्यापी खेलको माध्यमबाट चिनाउन योगदान गरेको बताउनुभयो । उहाँले लुकेको प्रतिभा र खेलमा योगदान गर्नेहरूलाई सम्मान गर्नु उत्तम कार्य भएको बताउनुभयो । हाजी ईसराईल मन्सुरी, निरा खनाल , रामप्रसाद मेहता सहितको उपस्थिति रहेको थियो । वक्ताहरूले सामाजिक सेवामा लागेकालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । 

इनरुवा ३ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, ७ का वडा अध्यक्ष अशोककुमार साहु तेली सहितको उपस्थिति रहेको थियो ।  सयौँ सर्वसाधारण, खेलाडी तथा सम्मानित व्यक्तिहरूको उपस्थिति रहेको थियो । यसैबीच मृगौला पीडित पुष्प श्रेष्ठको परिवारलाई उपचार सहयोग २५ हजार रुपैयाँ प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत नगद सहयोग गरेको सचिव चेतनाथ पौडेलले जानकारी दिनुभयो । 

नगर प्रमुख केदार भण्डारीले इनरुवाका खेलकुदको विकास तथा इनरुवाका धरोहरलाई सम्मानित गरेकोमा फाउन्डेसनको प्रशंसा गर्नुभयो । उहाँले देशमा गणतन्त्रको ठूलो लाभ नागरिकले लिएको बताउँदै विकासको पूर्वाधार, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विधुत, खानेपानीमा निकै अगाडि बढेको बताउनुभयो । यसैबीच कार्यक्रममा इनरुवा क्षेत्रमा विभिन्न विधाका व्यक्तिलाई सम्मान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button