भृकुटीमण्डपमा समाजवादी मोर्चाको जनप्रदर्शन

काठमाडौँ । समाजवादी मोर्चाले आज गणतन्त्रको पक्षमा काठमाडौँको भृकुटीमण्डपमा जनप्रदर्शन गरिरहेको छ।
समाजबादी मोर्चाले गणतन्त्रको विरुद्ध भएका गतिविधिहरूको विरोधमा आज जनप्रदर्शन गरेको हो ।
जनप्रदर्शनमा भाग लिन काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट जुलुससहित मानिसहरू सहभागी भएका छन् । यसक्रममा रत्नपार्कबाट निकालिएको र्यालीमा सम्बद्ध दलका नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।

भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा भइरहेको सभालाई मोर्चाका शीर्ष नेताहरूले अहिले सम्बोधन गरिरहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्