तपाईँ सुन्दै हुनुहुन्छः

बलियो र समृद्ध प्रदेश बनाउने योजना जारी छ : मुख्यमन्त्री आचार्य

रुपन्देही ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई ‘मिनी नेपाल’ को संज्ञा दिँदै यस क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिइएको बताउनुभएको छ । 

कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रमको चौथो सत्र ‘अलमलमा अर्थनीति र राजनीति’ शीर्षकमा बोल्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई पर्यटकीय र कृषि दृष्टिकोणले प्रचुर सम्भावना भएको क्षेत्रका रूपमा प्रस्तुत गर्नुभयो ।

प्रदेश सरकारको कामलाई गति दिइएको पनि बताउनुभयो । ‘तीन तहको सरकारको हकमा समन्वय र सहकार्यको आधारमा काम अघि बढाएका छौँ । कानुनले निर्दिष्ट गरेका कार्यहरूलाई अघि बढाएका छौँ । संघीय सरकारमार्फत प्रदेशका सचिव र मुख्य सचिवलाई आउनको लागि अनुरोध गरेका छौँ । प्रमुख सचिव संघीय सरकारले पठाए पनि मन्त्रालयको सचिव प्रदेशबाटै नियुक्त गर्नुपर्ने निवेदन गरेका छौँ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘सबै हिसाबले प्रदेशलाई बलियो र समृद्ध बनाउने दिशामा सरकारले काम गरिरहेको छ ।’

प्रदेश सरकारले कर्मचारीको वृद्धि विकासमा रोक लागेको अवस्थामा ऐन निर्माण गरेर खोलिसकेको बताउनुभयो । ‘लोक सेवामार्फत बढुवाको प्रक्रिया पनि जारी छ । संघीय कानुनले निजामती सेवा ऐन नबने पनि, प्रदेशले निजामती कर्मचारी ऐन बनाई सेवा प्रवाहलाई अघि बढाएको छ । सेवा प्रवाहमा कुनै समस्या छैन’उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button