तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस चौतारी प्रतिष्ठान प्रदेशको अध्यक्षमा पुनः सरोज ढुङ्गेल

काठमाडौँ । प्रेस चौतारी प्रतिष्ठान प्रदेशको अध्यक्षमा पुनः सरोज ढुङ्गेल निर्वाचित हुनुभएको छ ।

प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशनबाट ढुङ्गेलको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । ढुङ्गेल यसअघि पनि अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो । 

त्यस्तै, अधिवेशनले प्रतिष्ठान प्रदेशको उपाध्यक्षमा अर्जुन सापकोटा र शर्मिला थापा, महासचिवमा रमेश लामिछाने, कोषाध्यक्षमा जश्विन थापा, सचिवहरूमा पुरुषोत्तम घिमिरे, विन्दु शर्मा, महेश निरौला, शेखर चौलागाई, सविना चेपाङ र परमानन्द राय निर्वाचित हुनुभएको छ । 

कार्यक्रममा  नेकपा (एमाले) जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले व्यावसायिक र मर्यादित पत्रकारितामा लाग्न प्रेस चौतारीलाई आग्रह गर्नुभयो । समाजमा अस्थिरता मच्चाउन खोज्ने केही झुन्डहरू एकै ठाउँमा आउन सक्ने भन्दै  उहाँले त्यस्ता झुण्डदेखि सचेत रहनुपर्नेमा जोड दिनुभयो । 

नेकपा (एमाले)  प्रचार  तथा  प्रकाशन  विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकारिताको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै पत्रकारले साङ्गठनिक क्रियाकलापमा पनि सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकारले आफ्नो लेखन शैलीलाई समयानुकूल परिमार्जन गरी साङ्गठनिक गतिविधिमा लाग्न प्रेस चौतारीसँग सम्बद्ध पत्रकारहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button