तपाईँ सुन्दै हुनुहुन्छः

लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ: मुख्यमन्त्री कार्की

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुर्व्यसनी विरुद्ध तीनै तहका सरकारले समन्वयात्मक काम गर्नुपर्ने बताउनुभएको छ । कोशी प्रदेश प्रहरीद्वारा आज  यहाँ आयोजित  ‘अबको युद्ध दुर्व्यसनविरुद्ध’ कार्यक्रमको शुभारम्भ गर्नुहुँदै उहाँले  तीनै तहका सरकारले समयमै सचेतनाका कार्यक्रम अघि बढाउनुपर्छ भन्नुभयो ।  

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “ तीनै तहका सहकार  मिलेर सचेतनाका  अभियानलाई समुदाय स्तरसम्म सञ्चालन गर्न जरुरी छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा दुर्व्यसनविरुद्धका सचेतना कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने छ ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button