तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको जानकीमा दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता मानपुरस्थित कन्या आधारभूत विद्यालयको खेल मैदानमा आयोजना गरिएको छ । प्रतियोगिताको गाउँपालिका अध्यक्ष छब्बन खाँले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खाँले शिक्षा र खेलकुद विकासको लागि गाउँपालिकाबाट हुने सहयोगमा कुनै पनि कसर नराख्ने बताउनुभयो । प्रतियोगितामा विपेन्थर स्पोर्ट्स क्लब, न्यु राइजिङ स्पोर्ट्स क्लब, जोगागाउँ स्पोर्ट्स क्लब, रम्भापुर स्पोर्ट्स सरस्वती क्लब, मानपुर क्रिकेट क्लब, गुरुवागाउँ स्पोर्ट्स क्लब, रम्भापुर स्पोर्ट्स क्लब, सिंह राइजिङ स्पोर्ट्स क्लब, माउन्ट एभरेष्ट क्लब, बुढिया गाउँ पठान पल्टन क्लब, न्यु शेरे क्लब, मानपुर स्पोर्ट्स राइजिङ क्लब र गौरीनगर स्पोर्ट्स क्लब गरी जम्मा १३ वटा टिम सहभागी रहेको युवा, शिक्षा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारीले जानकारी दिनुभयो । 

प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोस्रो हुनेलाई २० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता उद्घाटन कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामआचल धोवी, पालिकाका विभिन्न शाखाका प्रमुख, कर्मचारी लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button