तपाईँ सुन्दै हुनुहुन्छः

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिका लागि तीन सदस्यीय समिति गठन 

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ । 

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहनुभएको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button