तपाईँ सुन्दै हुनुहुन्छः

चोरीमा संलग्न पाँचजना पक्राउ

रुपन्देही । प्रहरीले रुपन्देही जिल्लामा विभिन्न स्थानमा चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने व्यक्तिहरुमा रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. २, पकडी बस्ने २५ वर्षीया रामनारायण यादव, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ बस्ने २८ वर्षीया प्रदीप कान्दु, भारतको महाराजगंज जिल्ला बस्ने १८ वर्षीय शैलेश दुसाद, सोही ठाउँका २३ वर्षीय पंकज सिंह र भारतको महराजगंज स्थित नौतनवा बस्ने ३३ वर्षीय राहुल कुमार जैसवाल छन्।

पक्राउ परेका उनीहरुका साथबाट सुनजस्तो देखिने पहेलो धातुको डल्ला १४.१ तोला, चाँदीजस्तो देखिने धातुबाट बनेका ४ थान पाउजु (११ तोला ५३ लाल), भारतीय रुपैयाँ २४,३९० र नेपाली रुपैयाँ ३,५०० बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, विभिन्न कम्पनीका ४ थान मोबाइल पनि जफत गरिएको छ।

प्रहरीका अनुसार, उनीहरुको बारेमा अनुसन्धान गर्दा चोरीमा संलग्न रहेको पुष्टि भएको दावी गरिएको छ। सबै पाँचैजनालाई जिल्ला अदालत रुपन्देहीबाट चोरीको आरोपमा ५ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक महेन्द्र सेनले जानकारी दिनुभयाे।

प्रतिक्रिया राख्नुहोस्

Back to top button