छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
रुपन्देही । रुपन्देही जिल्लाको सुप्रिम सहकारीमा रकम अपचलन गरेको भन्दै पूर्व डिआइजी छविलाल जोशी बन्जाडेलाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला अदालत रुपन्देहीका माननीय न्यायाधीश श्री बसिस्ठ कुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनुभएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिनुभयो । पछि ठहर बमोजिम हुने गरि अहिलेलाई थुनामा पठाउने आदेश आएको ज्ञवालीले बताउनुभयो ।
छविलाल पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व सञ्चालक समेत हुन् ।
प्रतिक्रिया राख्नुहोस्