तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा रैथाने दनुवारी खाना तथा सांस्कृतिक उत्सव–२०८१ हुने 

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-९ राजावासमा रैथाने दनुवारी खाना तथा सांस्कृतिक उत्सव–२०८१ हुने भएको छ ।

बुधबार महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर, नेपाल दनुवार समाज उदयपुर, दनुवार जागरण समिति र दनुवार महिला सुधार सङ्घको संयुक्त छलफलले रैथाने दनुवारी खाना तथा सांस्कृतिक उत्सव–२०८१ आयोजना गर्ने निर्णय गरेको महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक वन्दना दनुवारले जानकारी दिनु भयो ।

उत्सवमा दनुवारी झाँकी तथा सांस्कृतिक प्रस्तुति, रामदल नृत्य प्रतियोगिता, दनुवारी खाना परिकार, दनुवारी पहिचान झल्किने सामग्रीहरूको प्रदर्शनी रहेन आयोजकले जनाएको छ । आयोजकका अनुसार रामदल प्रतियोगिताका लागि सम्पूर्ण दनुवार टोल विकास संस्था, समूह तथा क्लबहरूलाई आव्हान गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहने समूहले फागुन ८ गते सम्म आफ्नो समूहको नाम दर्ता गराइसक्नु पर्ने छ । स्टलहरू सीमित भएकोले फागुन ७ गते भित्र स्टल बुकिङ गराई सक्न समेत आयोजकले अनुरोध गरेको छ ।

नेपाल दनुवार समाजका अध्यक्ष केदार दनुवारका अनुसार उदयपुरमा पहिलो पटक  रैथाने दनुवारी खाना तथा सांस्कृतिक उत्सवको आयोजना गर्न लागिएको बताउँदै यसलाई भव्य रुपमा सफल बनाउन सबै पक्षसँग माग गर्नु भयो । वहाँले उत्सवलाई सफल रुपमा सम्पन्न गर्न सहयोगीहरू संघ आर्थिक तथा भौतिक सहयोगको अपिल समेत गर्नु भयो । दनुवार समुदाय यहाँको आदिवासी समुदाय यो । उदयपुरमा ३.०५ प्रतिशत दनुवार समुदायको बसोबास रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button