भीरमा फसेका जर्मन नागरिकको उद्धार

सोलुखुम्बु । सोलुखुम्बुमा भीरमा लडेर फसेका जर्मन नागरिकलाई उद्धार गरिएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा पर्ने टोकटोक र बैंकर बीचमा रहेको जङ्गलमा बिहीबार बिहान साढे ११ बजे ४१ वर्षीय जर्मन नागरिक माइकल हेनरिचको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सगरमाथा आधार शिविर भ्रमण गरी लुक्लातर्फ फर्कने क्रममा बाटो भुलिएर खच्चड हिँड्ने पुरानो बाटोबाट जाँदा चिप्लिएर करिब ५ देखि ६ मिटर तल झरी भीरमा अल्झिरहेको अवस्थामा उद्धार गरिएको हो ।
फाक्दिन प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बहादुर खड्काको नेतृत्वमा गएको टोलीले स्थानीयहरू समेतको सहयोगमा विदेशी नागरिकलाई उद्धार गरेको हो । निज विदेशी नागरिक सकुशल अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्