सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ: मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउनु भएको छ ।
आज कैलालीको गोदावरी नगरपालिका-१ विजौरा स्थित प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको नवनिर्मित स्वास्थ्य सामाग्री भण्डारण (मेडिकल वायर हाउस) भवनको उद्घाटन गर्नुहुँदै उहाँले समिति स्रोत साधन र जनशक्ति भएपनि प्रदेश सरकार स्वास्थ्य क्षेत्रको विकासमा क्रियाशील रहेको बताउनु भयो ।
मुख्यमन्त्री शाहले आवश्यकता र औचित्यका आधारमा स्वास्थ्य उपकरण वितरण गर्नु पर्नेमा जोड दिनु भयो ।
उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का, प्रदेश स्वास्थ्य निर्देशक डा।खगेन्द्र बमले स्वास्थ्य क्षेत्रको विकासमा सरकारी तथा गैरसरकारी निकाय, विकास साझेदार संस्था, दातृ निकायका बिच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
दातृ निकायको सहयोगमा निर्माण सम्पन्न स्वास्थ्य सामाग्री भण्डारण भवनको लागत करिब ४ करोड ८० लाख रहेको छ । यसैबिच दातृ निकाय सेभ द चिल्ड्रेनले २८ लाख बराबरको उपकरण प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लाई उपलब्ध गराएको छ ।
प्रतिक्रिया राख्नुहोस्