लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकका लागि गृहमन्त्री लेखक रुपन्देहीमा
रुपन्देही । नेपाल सरकारका गृहमन्त्री रमेश लेखक पुस २ गते मङ्गलवार बिहान रुपन्देही जिल्लाको भैरहवामा हुन लागेको प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि रुपन्देहीमा आउनुभएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रदेश प्रमुख, अनुसन्धान प्रदेश प्रमुखसहित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा छलफलका लागि गृहमन्त्री रुपन्देही आउनुभएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
गृहमन्त्री लेखकसहितको बैठकमा प्रदेशको समग्र शान्ति सुरक्षाका विषयमा र लुम्बिनी प्रदेशमा भएका विभिन्न समस्या र चुनौतीका विषयमा छलफल हुने छ ।
प्रतिक्रिया राख्नुहोस्