बाजुरामा हिमपात (फोटो फिचर)
रेडियो नेपालको कालाजग्रा रिले स्टेसन समेत प्रभावित

बाजुरा । बाजुराको उच्च हिमाली क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझ राति देखिनै हिमपात सुरु भएको हो ।

सोमबार बिहानसम्म सदरमुकाम मार्तडी छेउछाउका हिमाली क्षेत्र र ९ ओटै स्थानीय पालिकाका उच्च लेकाली भेगमा हिउँ जमिसकेको छ।
हिमपात शुरु भएपछि स्थानीय कृषकले लामो खडेरी बाट छुट्कारा मिलेको भन्दै उत्साहित भएका छन् , भने जनजीवन निकै प्रभावित भएको छ।

हिमपातले गहुँ, जौ ,उवा र हिउँदे तरकारी खेती राम्रो हुने किसानले विश्वास लिएका छन्।

हिमपातले बडिमालिका नगरपालिका वडा नम्बर ७ मा अवस्थित रेडियो नेपालको कालाजग्रा रिले स्टेसन समेत प्रभावित भएको त्यहाँ कार्यरत कर्मचारी निराजन कटेलले बताउनुभयो ।हाल रिले स्टेसन भन्दा बाहिर निस्किने अवस्था नभएको उहाँको भनाइ छ।










प्रतिक्रिया राख्नुहोस्