तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनले कांग्रेसको आधार नहल्लिएको स्पष्ट गरेको छः नेता रिजाल

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपनिर्वाचनले कांग्रेसको मूल आधार नहल्लिएको स्पष्ट गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँके शाखाद्वारा आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य डा. रिजालले भर्खरै सम्पन्न उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूले प्राप्त गरेको मतले कांग्रेसको आधार नहल्लिएको स्पष्ट पारेको बताउनुभयो ।

उहाँले पार्टीले अघिल्लो निर्वाचनमा पाएको समानुपातिक मत भन्दा अहिले मत बढेको दाबी गर्नुभयो । कांग्रेस र एमालेले सरकारको संयन्त्रलाई कसरी जनताका पक्षमा प्रयोग गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको डा. रिजालको भनाई छ । डा. रिजालले दुवै ठूला दल निश्चित जिम्मेवारीका साथ सरकारमा रहेका कारण परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button