रारा विमानस्थलमा पहिराको जोखिम बढ्दै
'रोकथामको काममा ढिला सुस्ती'
मुगु । रारा विमानस्थलमा पहिराको जोखिम बढ्दै गएको छ ।
बर्षात्को समयमा विमानस्थलबाट जथाभाबी पानी बग्दा विमानस्थल मुनि तिरको भागमा पहिरोको जोखिम बढ्दै गएको हो ।
विमानस्थलमा कालो पत्रे गरिएको भागबाट बर्षाको पानी एकीकृत भएर बग्दा पहिरोको स्थिति निम्तिएको हो । समयमै पहिरो र बर्षाको पानीको उचित व्यवस्थापन नगरिएमा सम्पूर्ण विमानस्थल नै पहिरोको चपेटामा पर्ने सम्भावना बढ्दै गएको छ ।
विमानस्थलको विभिन्न ठाउँमा पहिरो गएको भए पनि विमानस्थलको पूर्व उत्तर तिरको भागमा पहिरो नियन्त्रणका लागि बिक्रम संवत् २०७८ साल मा नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको एरोड्रम ईन्जिनियरिड् डिपार्टमेन्ट र मृत संजिबनीर जालवार उमा एण्ड कम्पनी जेबी बिच रू २२ करोड २५ लाख ४८ हजार ५ सय ७ रूप याँ ५२ पैसा को ठेक्का सम्झौता भएको रारा विमानस्थल स्लोप ल्यान्ड स्लाइड प्रोटेक्सन ड्रेनेज एण्ड अदर एसोसियटेड एट रारा विमानस्थलका आयोजना प्रमुख महेश नेपालीले बताउनु भयो ।
यथाशीघ्र विमानस्थलको पूर्व, उत्तर तिरको भागमा गएको पहिरो रोकथाम गर्नका लागि असार १७ गतेबाट निर्माणको काम सुरु गरिएको थियो ।
विभिन्न बाधा अवरोधका निर्धारित समयमा परियोजनाको काम नसकिए पछि पटक , पटक गरि ३ चोटि सम्म यरोड्रम विभागले सम्बन्धित निर्माण कम्पनीको ठेक्का म्याद थपिएको समेत आयोजना प्रमुख नेपालीले बताउनु भयो ।
रारा विमानस्थल रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र भित्र पर्ने भएकाले पहिरो नियन्त्रणको लागि चाहिने गिट्टी, ढुङ्गा लगायतका अन्य निर्माण सामाग्री व्यवस्थापनमा विभिन्न निकाय बाट बाधा, अवरोधका साथै विमानस्थलको दक्षिणी भागमा गाडी हिँड्ने बाटो पहिरो गएका कारण भत्किए पछि निर्माण सामाग्री ढुवानी गर्न नसक्दा पहिरो नियन्त्रण गर्ने काममा ढिलाइ भएको सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् ।
विमानस्थलको दक्षिण तिरको भागमा पनि पहिरोको जोखिम बढ्दै गएकाले रोकथामका लागी सम्बन्धित निकायमा बजेट माग गरेको भएपनि हालसम्म कुनै जानकारी नआएको बिमानास्थलका आयोजना प्रमुख नेपालीले बताउनु भयाे।
उक्त स्थानमा दिन प्रति दिन पहिरोको जोखिम बढ्दै गइरहेको र यसलाई समयमा नै पहिरो व्यवस्थापन नगरीय विमानस्थल नै पहिरोको उच्च जोखिममा पर्ने सम्भावना रहेको छ । पटक ,पटक हुने बर्षाको समयमा पहरोको सतह बढ्दै गइरहेको छ । समयमै विमानस्थलमा गएको सबै पहिरोको उचित रोकथामको लागी नेपाल नागरिक उड्डयन प्राधिकरणको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया राख्नुहोस्