तपाईँ सुन्दै हुनुहुन्छः

विकास निर्माणमा तिनै तहका सरकारका विचमा समन्वय र सहकार्य आवश्यक 

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले विकास निर्माणमा तिनै तहका सरकारका विचमा समन्वय र सहकार्य  आवश्यक रहेको बताउनु भएको छ ।

धनगढीमा आज जिल्ला समन्वय समिति, स्थानीय तह र विकास निर्माण कार्यालयको वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री शाहले समृद्ध प्रदेश निर्माणका लागि प्रदेश सरकार स्थानीय तहसँग हातेमालो गरि अघि बढ्न तयार रहेको बताउनु भयो ।

मुख्यमन्त्री शाहले उपभोक्ता समिति मार्फत विकास योजना कार्यान्वयन गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिनु पर्ने बताउनु भयो । उहाँले अनुगमन कार्यलाई प्रभावकारी बनाएर लैजानु पर्नेमा जोडदिनु भयो ।

जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुषालको अध्यक्षता भएको समीक्षा गोष्ठीमा  आर्थिक मार्मिला राज्यमन्त्री प्रकाश बम, प्रदेश सभा सदस्यहरु धर्मराज पाठक, डम्बरी महरा, जानकी कुवरले बजेट खर्च हुने गरि योजना तथा कार्यक्रम बनाउनु पर्ने औँल्याउनु भयो ।

जिल्ला समन्वय समितिद्वारा आयोजित समी गोष्ठीमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, कर्मचारी लगायतको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button