जीवनलाई सहज र सरल बनाउन एआइको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनलाई सहज र सरल बनाउने काममा विज्ञान र प्रविधिको उपयोग गराउन सरकार लागि पर्ने बताउनुभएको छ ।
‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइ)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’मा आज विज्ञसँगको संवादमा प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि विज्ञान र प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले विकासका लागि प्रविधिको प्रयोग महत्वपूर्ण भएकाले सरकारले डिजिटल नेपालको अवधारणा ल्याएको बताउनुभयो ।
उहाँले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्ने र यसको दुरुपयोगबाट हुनसक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा जानुपर्नेमा जोड समेत दिनुभयो ।
प्रधानमन्त्री ओलीले एसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउन र यस्ता क्षेत्रमा एआइको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआइ एजुकेसनको हब कसरी बनाउन भन्नेमा सरकारको ध्यान रहेको पनि बताउनुभयो ।
उहाँले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्