तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा बालबालिकालाई जुकाको औषधि र भिटामिन-ए क्याप्सुल खुवाइँदै

मुगु । मुगु जिल्लामा कार्तिक २ र ३ गतेसम्म जिल्लाका ५७३९ बालबालिकालाई जुकाको औषधि र भिटामिन-ए क्याप्सुल खुवाउने अभियान सुरु भएको छ।

यस अभियान अन्तर्गत छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका, र मुगुम कार्मारोङ गाउँपालिकाका सबै वडाहरूमा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

स्वास्थ्य सेवा कार्यालय मुगुको समन्वयमा सञ्चालन गरिएको यो अभियानलाई सफल पार्नको लागी  मुगु जिल्लाका २१६ जना स्वास्थ्य स्वयंसेविकाहरूका साथै स्वास्थ्यकर्मीहरू  भिटामिन ए र जुकाको ओषधि खुवाउने काममा खटिएका  छन् भने ६ महिना देखि  ५ वर्षका सबै बालबालिकाहरूको  पोषणको अवस्थाको समेत चेक जाँच  गर्ने गरिएको  जिल्ला अस्पताल मुगुका सूचना अधिकारी पशुराम नेपालीले  जानकारी दिनुभयो ।

कार्तिक २ र ३ गते नेपाल अधिराज्यभरका सबै स्थानीय तहका  वडाहरूका  अभियानकै रूपमा लागु भएको र  विशेष गरी ६ महिना देखि १ बर्ष कोही पनि बालबालिकाहरू   नछुट्ने र  यदि छुटेमा घरघर गएर भएपनि  भिटामिन ए र जुकाको ओषधि  खुवाइने   स्वास्थ्य सेवा कार्यालय जिल्ला अस्पताल मुगुका डाक्टर एवं निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दिपकजङ्ग शाहीले बताउनुभयो । 

डाक्टर शाहीका अनुसार  जुकाको  औषधि   (अल्बेण्डा झोल )ले जुका मार्ने र  कुपोषण हुन बाट  बचाउने । भिटामिन ए क्याप्सुलले आँखाको नजरमा सुधार ल्याउने र शरीरको वृद्धि विकासमा टेवा पुर्‍याउने जानकारी दिए ।

यस अभियानलाई प्रभावकारी  सफल पार्न अनुगमनको समेत  व्यवस्था मिलाइएको  डाक्टर  शाहीले जानकारी दिनुभयो ।

बालबालिका हरूको  लागि पाएक पर्ने ठाउँहरूमा  अभियान थालिएको छ भने  कुनै कारणले  बालबालिकाहरू  भिटामिन  ए र जुकाको ओषधिहरू खान नपाए  घरघरमा गएर भएपनि अभियान सफल पार्ने  छायाँनाथ रारा नगरपालिका वडा नं १ कि महिला स्वास्थ्य स्वयंसेविका उर्मिला मल्लले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button