हिले ब्याडमिन्टन क्लबमा तामाङ
धनकुटा । आशिष तामाङको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गर्दै हिले ब्याडमिन्टन क्लबको छैटौँ साधारणसभा सम्पन्न भएको छ ।
क्लबको उपाध्यक्षमा राम प्रधान सचिवमा लक्ष्मण प्रधान, सहसचिवमा पेम्वा लामा र कोषाध्यक्षमा कुमार तितुङ रहनुभएको छ ।
सदस्यहरूमा श्रीओम श्रेष्ठ, सन्तोष राणा, अम्बर तितुङ, रमेश श्रेष्ठ, अरुणा तामाङ, प्रमिला बरुवाल ठकुरी र सन्तोष राणा रहनुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले खेलमा युवालाई आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । क्लबले ब्याडमिन्टन खेलसहित रक्तदान वृक्षारोपण सडक बत्ती, सडकमा सिसि क्यामेरा लगाउने लगायतका विभिन्न सामाजिक काम समेत गर्दै आएको संस्थाका निवर्तमान सचिव सन्तोष श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्