तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णनगरमा ठुलो मात्रामा अवैध कपडा बरामद 

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर क्षेत्र बाट गयराती ठुलो परिमाणमा कपडा बरामद भएको छ ।

नेपाल प्रहरी तथा शशस्त्र् प्रहरी ले रात्रि गस्तीका क्रममा भन्सार छलि गरी नेपाल ल्याएका ९ लाख बढीका कपडा बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार वडा नं. २ मा, नेपाल प्रहरीले बेवारिसे अवस्थामा रहेको ६ लाख रुपैयाँको कपडा बरामद भएको हो ।

प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार गोप्य सूचनाका आधारमा भारतबाट अवैध रूपमा भित्र्याइएका कपडाहरू नियन्त्रणमा लिन प्रहरी टोली खटाइएको थियो। टोलीले १९ बोरा कपडा मात्र फेला पार्‍यो, जसमा एक सय ७७ पिस लेडिज सुट, ८१ पिस साडी, ६३ थान काँचो कपडा, र ८ थान टावेलहरू रहेका छन् ।

प्रहरी देख्ने बित्तिकै तस्करहरू भारतीय ईलाका तर्फ सामन छाडेर भागेका थिए । प्रहरीद्वारा बरामद सामानको मूल्याङ्कन ६ लाख गरिएको तथा आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको निरीक्षक खत्रीले जानकारी दिए । यसैगरी शशस्त्र् प्रहरी बल कृष्णनगरले कृष्णनगर सीमा क्षेत्र बगही नजिकै दुईवटा भारतीय नम्बरका मोटरसाइकलसहित ३ लाख बढीको कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल कृष्णनगरका डिएसपी शैलेन्द्र न्यौपानेका अनुसार, साडी ३७ पिस, कुर्ता सुरुवाल ८१ पिस, र ७ पोका सुर्ती बरामद गरिएको छ। यस क्रममा, यु.पी ५६ इ ५९८३ र यु.पी ४७ एफ ५५१२ नम्बरका मोटरसाइकल नेपाल आउँदै गर्दा प्रहरीलाई देख्नेबित्तिकै तस्करहरू मोटरसाइकल छाडेर भारततर्फ भागेका थिए। बरामद सामान र मोटरसाइकललाई कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ।

प्रहरीको अनुसार यी कपडाहरू भारतबाट अवैध रूपमा तस्करी गरेर नेपाल भित्र्याइएको थियो । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ । चाडबाड नजिकिए सँगै सीमाक्षेत्रहरुबाट तस्करी मौलाउँदै गएको छ भने सुरक्षाकर्मी को सक्रियता तथा रात्रीगस्ती समेत बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button