तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

नेपालगञ्ज । नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनुभएको छ । निरक गुरुङले २९१ मत र डिल्ली विसीले १५४ मत प्राप्त गर्नुभएको छ । अध्यक्षका लागि निवर्तमान अध्यक्ष किष्मतकुमार कक्षपतिले पनि उम्मेदवारी दिनुभएको थियो । तर, उहाँले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर गुरुङलाई सघाउने घोषणा गर्नुभएको थियो ।

उपाध्यक्षमा रत्न खत्री निर्वाचित हुनुभएको छ । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री समेत रहनुभएका खत्रीले रविन्द्र लम्साललाई पराजित गर्नुभएको हो । यस्तै सचिवमा बलराम भट्टराई निर्वाचित हुनुभएको छ । उहाँले खिलप्रसाद भुषाल, दत्तप्रसाद आचार्य र भिम ओलीलाई पराजित गर्नुभएको हो । यसैगरी उपसचिवमा किशोर थापा र निर्मला सुनार निर्वाचित हुनुभएको छ ।

नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनमा अन्तर्गत आइतबार बेलुका गराइएको निर्वाचनमा ४ सय ५८ मत खसेको थियो । कुल ४ सय ६६ मतदाता रहेकोमा ४ सय ५८ खसेको निर्वाचन अधिकृत भेषराज बस्नेतले जानकारी दिनुभयो । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मतदान गराइएको हो । अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको थियो । अधिवेशनले तीन बर्षीय कार्यकालका लागि १२० सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button