तपाईँ सुन्दै हुनुहुन्छः

 मजदुर बोकेको ट्याक्टर दुर्घटना: १ जनाको मृत्यु, ११ घाइते

ओखलढुङ्गा । ओखलढुङ्गामा हाइड्रोका मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

खिजीदेम्बा गाउँपालिका -१ रगनीको अर्थिङ्गेमोडमा को २ त ८६३६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा खिजीदेम्बा ३, सेनीका १८ वर्षीय आयुष सुनुवारको घटना स्थलमै मृत्यु भएको हो । 

ग्रिनभेन्चर हाइड्रो लिखु फोरमा काम गर्ने मजदुर लिएर जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टरमा १३ भन्दा बढी मजदुरहरू सवार थिए ।  

११ जना घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । घाइतेहरूलाई उद्धार गरी सामान्य घाइतेलाई उपचारका लागि एम्बुलेन्स मार्फत रामेछापको मन्थली  र गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत राजधानी काठमाडौँ पठाउन आवश्यक समन्वय भइरहेको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । कच्ची सडकमा तीव्र गतिमा सवारी चलाउनु र ट्याक्टरमा मजदुरहरू कोचेर बोक्नु उचित नभएको भन्दै अध्यक्ष शेर्पाले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरूलाई तत्काल उपचारको बन्दोबस्त मिलाउन ग्रिन्भेन्चर हाइड्रो कम्पनी लिखुफोरलाई निर्देशनात्मक अनुरोध गर्नुभएको छ । 

घटनास्थल पुगेर प्रहरीले थप अनुसन्धान थालेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button