तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटना बढाउँदै इ-रिक्सा, बाँकेमा एक वर्षमा ११ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा एक वर्षको अवधिमा इ-रिक्सा दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा अटो दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने १८ जना गम्भीर घाइते भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चालू आर्थिक वर्षमा २ जनाको मृत्यु भएको छ भने ३ घाइते भएका छन् ।

‘इ-रिक्साका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेकाले सरोकारवालासँग व्यवस्थापनका लागि पहल गरिरहेका छौँ,’ बाँके ट्राफिक प्रमुख गोपीकृष्ण सुवेदीले भन्नुभयो-‘इ-रिक्साका कारण दुर्घटना बढेको छ, सामान्य दुर्घटनाको अभिलेखीकरण नै हुँदैन ।’ बाँकेमा मनोमानी ढङ्गले इ-रिक्सा चल्ने गरेका छन् । चालकसँग न चालक अनुमति पत्र छ न सवारी बोक्ने साधनको वैधानिकता । दुर्घटना भए बीमासम्म हुँदैन ।

रातो नम्बर प्लेटका इ-रिक्साले पनि यात्रु ओसारिरहेका छन् । यसमा कडाइ गर्न  नेपालगन्ज उपमहानगरपालिकाले १५ दिनपछि रातो प्लेटका इ-रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउने भएको छ । आवश्यकता भन्दा बढी इ-रिक्सा सहरमा गुड्दा दुर्घटनाको जोखिम बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button