आलु पकेट क्षेत्रका लागि सय क्विन्टल आलुको बीउ वितरण

नवलपरासी । बर्दघाट नगरपालिकाको समन्वयमा कृषि ज्ञान केन्द्र नवलपरासीले वडा नम्बर १५ का कृषकलाई १० लाख बराबरको १ सय क्विन्टल आलु वितरण गरिएको छ ।
वडा नम्बर १५ लाई कृषि ज्ञानकेन्द्रले कार्डिनल प्रजातिको आलु वितरण गरेको हो । मुलत वडा नम्बर १५ को पोटाहा क्षेत्रलाई आलु पकेट क्षेत्रको रुपमा सञ्चालन गर्नका लागि उक्त बीउ उपलब्ध गराइएको हो । किसान बाट उत्पादन भएको आलुलाई बजारीकरणका लागि नगरले सञ्चालन गरेको कृषि उपज केन्द्रमा ल्याउन ढुवानीको व्यवस्थापन र भण्डार भाडा निःशुल्क गरिने नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

कृषि ज्ञान केन्द्रले आलुका लागि आवश्यक बिषादि, आलुमिन (भिटामिन)समेत उपलब्ध गराउने र नगरबाट प्राविधिक सहयोग गरिने कृषि शाखाका प्राविधिक खुमाकान्त न्यौपानेले जानकारी दिनुभयो।
कृषकहरूलाई आत्मनिर्भर बनाउनका लागि समेत यसले महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा बजारीकरणको समस्या नभए सयौँ कृषक लाभान्वित हुने वडा अध्यक्ष रुद्र बहादुर आलेले बताउनु भयो।धान खेती मात्र गर्दै आएका यहाँका किसानलाई आलु खेतीबाट बढी फाइदा हुने बताइएको छ।








प्रतिक्रिया राख्नुहोस्