तपाईँ सुन्दै हुनुहुन्छः

उखु किसानलाई अनुदान दिन माग

काठमाडौँ । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा माछा, दूध, मल र चिनीको विक्री वितरणमा रहेका समस्याका सम्बन्धमा छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बजारमा चिनी अभाव भएको मौकामा व्यापारीहरूले चर्को मूल्य लिएर सर्वसाधारणलाई ठगी गरेकाले तत्काले कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

सांसदहरुले वर्षैपिच्छे उखु किसानले भुक्तानी नपाएका कारण चिनी उत्पादन हुन नसकेको भन्दै चिनीका लागि चाहिने कच्चा पर्दाथ उत्पादन गर्ने किसानलाई राज्यले दिने सहुलियत ऋण र अनुदान बढाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा अर्थ सचिव डाक्टर रामप्रसाद घिमिरेले कृषिलाई उच्च प्राथमिकतामा राखेर सरकारले बजेट बिनियोजन गरेको बताउनुभयो ।

त्यसैगरी वाणिज्य सचिव मुकुन्द प्रसाद निरौलाले भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएका कारण तेस्रो मुलुकबाट चिनी आयात गर्दा महँगो परेको बताउँदै स्वदेशमै चिनी उत्पादनलाई बढवा दिने गरी सरकारले योजना बनाइरहेको जानकारी दिनुभयो ।

बैठकमा गृहसचिव दिनेश भट्टराईले प्रहरी प्रशासनले सम्पूर्ण चोरी निकासी पैठारी नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै तोकिएको नाकाबाट कानूनी रुपमा चिनी, माछा लगायतका खाद्य वस्तु आयत निर्यात गर्न कडा रुपमा सुरक्षा चेक जाँचलाई अनिवार्य गरिएको जानकारी दिनुभयो ।

बैठकमा कृषि मन्त्रालयका सचिव डाक्टर रेवतीरमण पौडेलले नेपालमा माछा उत्पादन वृद्धि भए पनि गुणस्तरीय माछा बजारमा दिन नसकेको बताउनुभयो ।

बैठकमा नेपाल मत्स्य पालन किसान संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले माछा पालन गर्ने किसानलाई प्रोत्साहन गर्न सकारात्मक नीति बनाइदिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button