भूकम्प प्रभावित परिवारलाई राहत उपलब्ध गराउने सरकारले पहिलो प्राथमिकता : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूकम्प प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यलाई सरकारले प्राथमिकता दिएको भएको बताउनु भएको छ ।
भूकम्प प्रभावित बझाङका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्नु हुँदै मुख्यमन्त्री शाहले भूकम्प प्रभावित परिवारका लागि राहत वितरणमा कुनै कमी हुने छैन भन्दै स्थानीय प्रशासन मार्फत आवश्यक राहत वितरण थालिएको बताउनुभयो । मुख्यमन्त्री शाहले भूकम्प प्रभावित परिवारको पुनर्स्थापना लागि प्रदेश सरकारले चाडै पुनर्स्थापना प्याकेज ल्याउने बताउनुभयो ।
पहिलो चरणमा सबै प्रभावित परिवारलाई राहत वितरण गरि सक्ने भन्नेछ, त्यसलगत्तै सरकारले पुनर्स्थापन प्याकेज ल्याउने छ, उहाँले भन्नुभयो । मुख्यमन्त्री शाहले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माण र पुनर्स्थापनाका लागि लागि एकिन तथा सङ्कलन गर्ने काम शुरु भएको बताउनुभयो । मुख्यमन्त्री शाहले भूकम्प प्रभावित क्षेत्रको निरीक्षणसँगै भूकम्प पीडित परिवारसँग भेटघाट गर्नु भएको उहाँका स्वकीय सचिव रामबहादुर बिष्टले बताउनु भयो । त्यस अघि उहाँले बझाङमा भूकम्पबाट भएको जनधनको क्षतिका बारे स्थानीय सुरक्षा अधिकारीसँग जानकारी लिनुभएको थियो ।
बझाङमा भूकम्पमा परी एक जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । बझाङमा भूकम्पले ६४ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको र २ सय ८६ घर तथा भवनमा आंशिक क्षति पुर्याएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्