पहिरोको डरले रातभर जागा

मुगु । गत बर्ष असोज १९ देखी २४ गते सम्म परेको अविरल बर्षाले छाँयानाथ रारा नगरपालिका— ५ का कृष्ण बहादुर रावलको घरसहित सोही वडा ढुमा गाउँका आधा दर्जन भन्दा बढीको घर क्षति भएको थियो ।
यो बर्ष पनि बर्सातले गाउँ माथिबाट आएको पहिरोको भेल गाउँ भित्र पसेपछी घर विहीन भएका कृष्णा बहादुर रावल लगायतका ढुमा गाउँका पहिरो पीडितहरू कुन दिन गाउँमाथिको पहिरोले एकै चिहान बनाउने हो भन्ने चिन्ताले रातभर नसुतेर जागा बस्ने गरेको छन् ।
बर्सातमा गाउँ माथि रहेको मैतु पखेरा भन्ने ठाउँबाट दिनका दिन पहिरो खसेर पहिरोको भेल गाउँ भित्र पस्न थालेको र पहराबाट ठुला ढुङ्गा खसेर गाउँ भित्र आउन थालेपछि कुन दिन पहिरोले घरहरू नै भत्काएर गाउँका स्थानीयको एकै चिहान बनाउँछ भन्ने चिन्ताले रातभर गाउँले नसुतेर रात कटाउने गरेका हुन ।
नयाँ घर भित्र सर्न नपाउँदै अगिल्लो वर्षको बर्सात गाउँ माथिबाट आएको पहिरोले घर पूर्ण क्षति बनायो । अहिले छिमेकीको घरमा सबै परिवार बस्दै आएका छौ यही घर भित्र पनि अहिले पानीका मुल देखिन थालेका छन् । अन्यत्र बस्ने ठाउँ छैन कुन बेला पहिरोले सबै परिवारलाई एकै चिहान बनाउने हो रातभर निन्द्रा नै लाग्दैन पीडित कृष्णा रावलले दुखेसो पोख्नु भयो ।
छाँयानाथ रारा नगरपालिका—५ ढुमा गाँउमा १ सय २० घरधुरी छन् । आफ्नो पुर्खाहरू बसे देखि यो गाउँको सिरानमा रहेको मैतु भन्ने पहराबाट पहिरो आएको थिएन । गएको बर्ष असोज १९ देखि २४ गते सम्म परेको अविरल बर्सातले पहिरो आयो धेरै घरहरू क्षति भए । यो बर्ष साउनमा परेको बर्सातले पहिरोको भेल गाउँ भित्रै पस्यो अन्नबाली क्षति बनायो पानीका मुल घर भित्र देखिन थालेका छन् । अन्नपात लगायत भाँडाकुँडा र लत्ता कपडा छिमेकीका घरमा सारिएका भएपनी बस्ने सुरक्षित बास स्थान नभएकाले रातभर नसुतेर रात बिताउनु पर्ने बाध्यता रहेको छाँयानाथ रारा नगरपालिका—५ ढुमा गाउँका ज्येष्ठ नागरिक मुन कार्कीले भन्नुभयो ।
बिहीबार बिहान जिल्ला समन्वय उप प्रमुख नैली कार्की प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा जिल्ला प्रहरी कार्यालयका डिएसपी महेश बस्नेत लगायतको टोली पहिरोले क्षति भएको स्थान अवलोकन गर्न पुगेको थियो ।
उक्त टोलीलाई पहिरोले कुन दिन सबै गाउँलेको एकै चिहान बनाउने हो । गाँउलेहरुलाई उचित र सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाई दिने व्यवस्था गर्न सरकार समक्ष माग पुराई दिन आग्रह गरेको ढुमा गाउँका कृप बुढाले जानकारी गराउनु भयो ।
स्थलगत अवलोकन गर्न पुगेका जिल्ला समन्वय समितिका उप—प्रमुख नैली कार्कीले आफु पनि यही गाउँको स्थानीयवासी भएको र मैतु पहराबाट आएको पहिरोले भेल गाउँभित्र पसेर आधा दर्जन भन्दा बढीको घरमा क्षति बनाउँदा ती घरका घरपरिवार आफ्नो घर छोडेर छिमेकको घर गोठमा बस्दै आएका भएपनी ती घर पनि पहिरो जोखिमा रहेका देखिएको बताईन ।
पहिरोले ढुमा गाउँ उच्च जोखिममा रहेको उहाँले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाका अनुसार यो स्थानको भूमि सारै कमजोर जस्तो देखिएको छ । पहिरो रोकथाम सम्बन्धी स्थानीय,प्रदेश देखि सङ्घीय सरकारले योजना बनाएर कार्यान्वयन गरे मात्र ढुम गाउँको पहिरो नियन्त्रण हुने देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्