तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा मिटरब्याजीविरुद्ध २ हजार ३ सय ३६ उजुरी दर्ता

१ सय २० उजुरी मिलापत्र

महोत्तरी।  जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेनका २ हजार ३ सय ३६ उजुरी दर्ता भएका छन्। दर्ता भएका उजुरी मध्ये १ सय २० उजुरीकाे मिलापत्र भएको छ ।

अनुचित लेनदेन सम्बन्धी जिल्ला प्रशासन कार्यालयमा रहेको समितिले यी उजुरीमा मिलापत्र गराएको हो । समितिले मिलापत्र मार्फत ऋणीहरूको ८ विगाह जग्गा समेत फिर्ता गरेकाे छ ।

अदालतमा साहुको पक्षमा फैसला भैसकेको मुद्दा १०० र तमसुक भएको २० मुद्दा समितिले मिलाएको हो ।

त्यस्तै १ सय ५५ उजुरमाथि छलफल जारी रहको  जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो । क्रमिक रुपमा दर्ता अनुसार साहु र ऋणी दुई पक्षलाई बोलाएर मिलापत्रको प्रयास भई रहेको  बताउनुभयो । हालसम्म २ सय ७५ भन्दा बढी उजुरी हेरिसकिएकाे उहाँले बताउनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button