तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गामा पहिरोले घर बगाउदा दुईजनाको ज्यान गयो, दुई बेपत्ता

ओखलढुङ्गा।ओखलढुङ्गा। ओखलढुङ्गामा अविरल वर्षाका कारण पहिरोले घर बगाउदा दुई जनाको ज्यान गएको छ । बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउदा गुरुङ सँगै उनकी २९ वर्षीय श्रीमती शिवमाया गुरुङको ज्यान गएको हो ।

गुरुङका १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका पहिरोमा परि बेपत्ता हुनुभएको छ। बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । राती करिब ११ बजेको समयमा बस्ती माथिबाट आएको पहिरोले गुरुङकोसँगै अन्य तीन घर पहिरोले बगाएको छ ।

बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको छ । अन्यले भागेर ज्यान जोगाउन सफल भएको स्थानीयको भनाई छ ।

बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन भएका छन् । पहिरोले धनमाल र पशु चौपायामा गरेको क्षति एकिन हुन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button