तपाईँ सुन्दै हुनुहुन्छः

टिप्परको ठक्करबाट पश्चिम नवलपरासीकोमा एक जनाको मृत्यु

नवलपरासी ।  टिप्परको ठक्करबाट बिहीबार बिहान पश्चिम नवलपरासीको सरावल स्थित तिलकपुरमा एक जनाको ज्यान गएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु १ ख ४१२५ नम्बरको टिप्परले सोही दिशाबाट आउँदै गरेको लु ७७ प ७८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनवल १३ बडेरा बस्ने ३२ वर्षका चिरञ्जीवी काफ्लेको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।टाउको र शरीरका विभिन्न ठाउँमा गम्भीर चोट लागेका काफ्लेको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेय ले जानकारी दिनुभयो ।

ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button