तपाईँ सुन्दै हुनुहुन्छः

सहमतिमै राष्ट्रपति चयन गर्न सके उपयुक्त : नेता खनाल

धनगढी । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राजनीतिक दलको सहमतिमै राष्ट्रपति चयन गर्न सके उपयुक्त हुने बताउनु भएको छ । 

समाजवादी प्रेस सङ्गठन कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलन उहाँले दलीय सहमति भए नेकपा एसले राष्ट्रपतिका लागी उम्मेदवार दिने बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा नेता खनालले सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाउनेमा आशावादी रहेको बताउनुभयो । 

उहाँले विचार मिल्ने दलहरूसँग एकताका लागि छलफल अघि बढिरहेको जानकारी दिनुभयो । नेता खनालले तत्काल  सत्ता गठबन्धन भत्कने सम्भावना आफूले नदेखेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button