तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक अभावले आइसियुमा छटपटाउँदै जुम्लाकी ममता

जुम्ला । कनकासुन्दरी गाउँपालिका ५ लुड्कु गाउँकी १३ वर्षिया ममता बुढा आर्थिक अभावले आइसियुमै छटपटाई रहेकी छन् ।

‘बाँयापट्टिकाे फोक्सो सुकिसकेको,टाउकोमा पानी जमेर इन्फेक्सन भएको र दायाँ पट्टिको शरीर चल्न’ छोडेको लगायतकाे रोगबाट ग्रसित ममताकाे चारदिन देखि कोहलपुर मेडिकल कलेजको आइसियुमा उपचार भईरहेपनि अझै हाेस नखुलेको मामा नाता पर्ने सन्तोष बाेहाेराले बत्ताउनुभयो ।

उहाँले भन्नुभयो,”डाक्टरहरकाे सल्लाहअनुसार भेन्टिलेटरमा लिनुको विकल्प छेन् । चारदिन देखि हाेस बन्द छ । भेन्टिलेटरमा प्रतिदिन १४ हजारबढि खर्च लाग्ने देखिन्छ । घरको आर्थिक अवस्था कमजोर हुँदा भेन्टिलेटरमा लिने पैसा जोहो नहुँदा १३ वर्षीय ममताले मृत्यु कुरिरहेकी छन् ।”
बुबा खुम बहादुर बुढा छोरी त्यो अवस्था देखेर पागल जस्तै भएका छन् । कालापहाड जाने र सामान्य व्यापार गरि परिवार चलाउँदै आएका खुमबहादु छोरीको उपचारमा अर्थ अभाव भएपछि सहयोगको खोजीमा भाैतारिकएका छन् ।

गाउँले साथी भाइको सहयोगमा ४ चार आइसियुमा उपचार भएपनि हाेस नखुलेपछि भेन्टिलेटरमा लिनैपर्ने बाध्यता छ । तर आर्थिक अभावले भेन्टिलेटरमा लिन नसकेर जिउँदो लास जस्तै बिरामी पल्टिरहेको हेर्नुपर्ने बाध्यता आइलागेको मामा बाेहाेराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button