कास्की कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

कास्की । कास्की कारागारमा क्षमता दोब्बर कैदीबन्दी रहेका छन् । जिल्ला कारागार कास्कीमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज अनुगमन गर्नु भएको छ ।
२०३५ सालमा एक वर्षसम्म कारागार बसेको भन्दै पोखरेलले भौतिक रूपमा अझै धेरै कुराहरू सुधार गर्नुपर्ने बताउनुभयो ।
कारागारमा अहिले क्षमताभन्दा दोब्बर कैदीबन्दीहरू हुँदा कठिनाइ परको छ ।
अनुगमनका क्रममा मुख्यमन्त्री पोखरेलले कारागारलाई फराकिलो स्थानमा सार्नुपर्ने र सुधारगृहको रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
४ सय ११ जनाको क्षमता रहेको कास्की कारागारमा अहिले ८ सय ११ जना कैदीबन्दी रहेका छन् ।
सरकारले महँगी बढ्दा पनि पुरानै दरमा दिएका खाद्यान्न तथा लता कपडा अपुग रहेकोले सुधारका लागि काम गर्नुपर्ने आवश्यकता छ ।







प्रतिक्रिया राख्नुहोस्