तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा ६० प्रतिशत मतदान, मतगणना भोलिबाट

कास्की । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदानको प्रारम्भिक नतिजाअनुसार कास्कीमा ६० प्रतिशत मत खसेको छ ।

प्रारम्भिक नतिजा अनुसार ६० प्रतिशत मत खसेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानले जानकारी दिनुभयो ।

कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् । मतपेटिका मतगणना स्थल ल्याउने काम भइरहेको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो ।

भोलि बिहान सर्वदलीय बैठक बसेर मतगणनाबारे थप निर्णय गरिने खरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button