‘देश बचाउन गठबन्धनको विकल्प छैन’
ताप्लेजुङ । नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश बचाउन गठबन्धनको विकल्प नरहेको बताउनुभएको छ ।

ताप्लेजुङको फुङलिङमा आयोजित लोकतान्त्रिक वाम गठबन्धनको बृहत् आमसभामा अध्यक्ष दाहालले मुलुकमा जनताले पहिलोपटक अधिकार पाएको संविधानको रक्षा, स्थिरता र आर्थिक विकासका लागि लोकतान्त्रिक वाम गठबन्धन बनेको बताउनुभयो ।
उहाँले ताप्लेजुङको प्रत्येक पालिकासम्म कालोपत्रे निर्माणका लागि पहल गरिने, विराटनगरको रानीदेखि ताप्लेजुङको तिप्तलासम्म मोटरबाटो सम्पन्न गर्ने र पाथीभरा लगायत विभिन्न धार्मिकस्थलको संरक्षणका लागि पहल गर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्