सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति

काठमाडौँ । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको हो ।
अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका लामिछानेलाई दसैँ बिदाका कारण अदालत बन्द भएका कारण आज अदालतमा उपस्थित गराएको हो ।
बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई काठमाडौँको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौँको एक होटलमा १७ बर्षीया नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोपसहित प्रहरी वृत्त गौशालामा भदौ २१ गते जाहेरी परेको थियो ।








प्रतिक्रिया राख्नुहोस्