तपाईँ सुन्दै हुनुहुन्छः

लिखित बयानमा हस्ताक्षर गर्न जबराद्वारा अस्वीकार,पढेर सुनाउँदै समिति

काठमाडैं। निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानको लिखित प्रतिमा हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको छ ।

जबराले दिएको बयानलाई प्रमाणित गर्न सिंहदरबारमा जारी बैठकमा उपस्थित हुनुभएका निलम्बित प्रधानन्यायाधीश जबराले बयानको लिखितप्रति ठूलो भएकाले हस्ताक्षर गर्न नमानेको समितिका सदस्य एवं नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले जानकारी दिनुभयो ।

समितिले लिखितरूपमा तयार पारेको बयानको प्रति उहाँलाई हस्ताक्षरका लागि एक हप्ता अगाडि नै उपलव्ध गराएको थियो ।
हस्ताक्षर गर्न अस्वीकार गरेपछि समितिका सदस्यहरूले १७४ पृष्टको लिखित बयान पढेर जबरालाई सुनाइरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button