तपाईँ सुन्दै हुनुहुन्छः

जापानीज इन्सेफ्लाइटिसबाट झापामा एक महिलाको मृत्यु

झापा । झापामा जापानीज इन्सेफ्लाइटिस रोगबाट एक महिलाको मृत्यु भएको छ ।

प्रादेशिक अस्पताल भद्रपुरका अनुसार हल्दिबारी–२ निवासी मोहन राजवंशीकी श्रीमती प्रमिला राजवंशीको जापानीज इन्सेफ्लाइटिस रोगबाट हिजो मृत्यु भएको हो । सोही अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ ।

हल्दिबारी गाउँपालिका–२ कदम चोकमा व्यवसाय गर्दै आएकी राजवंशीलाई जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रमीलालाई दुई दिनअघि एक्कासी स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो । त्यसलगत्तै हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो ।

सेतो लामखुट्टेको टोकाइका कारण यो रोग लाग्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सञ्जयकुमार गुप्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button