तपाईँ सुन्दै हुनुहुन्छः

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी रहेको छ ।

बैठक जारी रहेको र घटनाका  सम्बन्धमा अनुसन्धान जारी रहेकाले  सबैलाई संयमता अपनाउन आग्रह गरिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले बताउनुभयो । गएराति गाउँमा दुई समूहबीचको विवादले उग्ररुप लिएपछि प्रहरीले संयमता अपनाई शान्त तुल्याउन प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो । 

घटनामा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारको क्रममा निधन भएको र अहिले त्यस क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button