राष्ट्रपति भण्डारीद्वारा काँक्रेविहारको अवलोकन
सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेत स्थित नेपालको एक मात्र संरक्षित वनमा रहेको ‘काँक्रेविहार’ मन्दिरको अवलोकन भ्रमण गर्नुभएको छ ।

बाजुरा स्थित बडी मालिका मन्दिरको अवलोकन भ्रमणका लागि आज सुर्खेत आइपुग्नुभएकी राष्ट्रपति भण्डारीले ‘काँक्रेविहार’ मा रहेको भग्नावशेषलाई पुरातत्त्व विभागबाट उत्खनन गरी पुनः निर्माण गरिएको शिखर शैलीको मन्दिरको अवलोकन भ्रमण गर्नुभएको हो ।
उहाँले ऐतिहासिक काँक्रेविहार क्षेत्रमा थप पूर्वाधार निर्माणसँगै मन्दिर प्रागंणको विकास गरी पर्यटन क्षेत्रलाई बढवा दिन सकिने बताउनुभयो ।
राष्ट्रपतिलाई काँक्रेविहारमा नेकपा एमाले स्थायी समिति सदस्य यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित मेयर मोहनमाया ढकाल, उपमेयर नीलकण्ठ खनाल लगायत जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्