रोल्पाको गङ्गादेव गाउँपालिकामा काङ्ग्रेस विजयी
रोल्पा । रोल्पाको गङ्गादेव गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेस विजय भएको छ । अध्यक्ष पदमा हरि बहादुर पुनले २ हजार ५ सय ४८ मत प्राप्त गरि जित हासिल गर्नुभएको हो भने उहाँको प्रतिस्पर्धी नेकपा एमालेका रोशन कुमार वलीले २ हजार ४ सय ९९ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेसकी अमृता वली के सीले २ हजार ९ सय ९ मत प्राप्त गरी विजय हासिल गर्नुभयो । उहाँको प्रतिस्पर्धी नेकपा एमालेकी निर्मला कुमारी वलीले २ हजार ४ सय ४२ मत प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्