तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रनगर वडा नं. १ को अध्यक्षमा प्यान सहित महतो विजयी,काँग्रेसको अग्रता कायमै

सर्लाही। स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिले देशभर मतगणना भइरहेको छ । केही स्थानहरूको नजिता समेत सार्वजनिक भइसेको छ ।

सर्लाहीमा पनि केही स्थानबाहेक अधिकांश स्थानमा मतगणना भइरहेको छ । यस क्रममा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार रामेश्वर प्रसाद महतो विजयी हुनुभएको छ ।

महतोले ६४६ मत ल्याएर सम्पूर्ण प्यानल सहित विजयी भएको हो । वडा अध्यक्ष महतोका प्रतिस्पर्धी जनता लोकतान्त्रिक समाजवादी  पार्टीका सुशिल यादवले ३७१ मत प्राप्त गरेका छन् । हाल चन्द्रनगरमा नेपाली काङ्ग्रेसकै अग्रता रहेको छ । नेपाली कांग्रेस बाट अध्यक्ष पदको उम्मेदवार राजकुमार महतोले ७८०, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष पदका उम्मेदवार महेन्द्र महतोले ३५७, नेकपा माओवादी पार्टीका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र मुखियाले २९७ मत प्राप्त गरेको छ ।

यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार मञ्जु सिंहले ५८४, नेकपा माओवादी पार्टीका उम्मेदवार गिता देवी महतोले ३८५ मत र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले ३४९ मत प्राप्त गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button