तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री खाणद्वारा पूजा आराधना

काठमाडौँ ।गृहमन्त्री बालकृष्ण खाणले बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित स्वामिनारायण मुक्तिनाथधाममा आज पूजा आराधना गर्नुभएको छ ।सो अवसरमा उहाँलाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले स्वागत गर्नुभएको थियो ।

गृहमन्त्री खाणले मन्दिरका गुरु स्वामी लोकानन्द महाराजलाई भेट गरी मन्दिरको अवस्थाबारे जानकारीसमेत लिनुभएको गृहमन्त्रीका स्वकीय सचिव विजेश न्यौपानेले जानकारी दिनुभयो ।गृहमन्त्री खाणसँगै बुटवल उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे पनि मुक्तिनाथधाम पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button