तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत

गोरखा ।  जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । 

मृत्यु हुनेमा गोरखाको बारपाक सुलिकोट ५ चनौटे घर भएका करिब ५० वर्षका देवीप्रसाद पोखरेल, नवलपरासी पूर्वको कावासोती नगरपालिका १६ का करिब ८० वर्षका उत्तर कुमार सिग्देल र काठमाडौँ महानगरपालिका १६ बस्ने ४५ वर्षका कमल न्यौपाने रहेका छन् । चितवनबाट जन्ती लिएर गोरखा आएको बा १४ च ७८१ नम्बरको स्कार्पियो जिप फर्कने क्रममा सिरानचोक गाउँपालिकाको ५ को आरुबोटे भन्ने स्थानमा दुर्घटना भएको थियो । 

जिपमा ५ जना सवार रहेकोमा अन्य २ जनाले भने हाम फलालेर ज्यान जोगाएको प्रहरीले बताएको छ । घटना आरुबोटेको फिरफिरे भिरमा घटेको र जिप सडकबाट करिब ३ सय मिटर तल खोचमा खसेको थियो । 

शवलाई खोचबाट सडकसम्म उतारेर जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि जिल्ला ल्याइएको र सवारी चालक प्रहरी नियन्त्रणमा रहेको गोरखाका एसपी केदार खनालले  बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button