तपाईँ सुन्दै हुनुहुन्छः

मेक्सिकोको सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बुधवार  बताएका छन् ।

“आज बिहान, प्लान्टको प्रवेशद्वारमा कामदारहरूको दुई समूहबीच भएको आक्रमण बारेमा ९११ आपत्कालीन सेवाहरूमा रिपोर्ट गरिएको थियो”, फयादले ट्विट गरेका छन्।  झडपमा संलग्न नौ जना कामदारहरूलाई हिरासतमा लिइएको  छ। 
यो झडप प्लान्टको प्रशासनको नियन्त्रणलाई लिएर कामदारहरू बिचको लामो समयदेखि चलिरहेको विवादसँग जोडिएको  स्थानीय मिडियाले रिपोर्ट गरेको छ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button