तपाईँ सुन्दै हुनुहुन्छः

बागचौर नगर प्रमुखद्वारा गाडी फिर्ता

सल्यान । सल्यानको बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन् ।

बुढाथोकीले  प्रयोग गर्दै आएको बा २ झ ४५३५ नं को स्कोरपियो गाडी फिर्ता गरेका हुन्  । बुधवार गाडीको चाबी प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाललाई हस्तान्तरण गरे । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा बहालवाला जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन् ।

निर्वाचन आचारसंहितालाई ध्यानमा राखी सवारीसाधन फिर्ता गरेको बुढाथोकीले बताउनुभयो । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने घोषणा भएपछि जिम्मेवार जनप्रतिनिधिहरूद्वारा निर्वाचनमा गाडीको दुरुपयोग नहोस् भन्दै आफु चढ्ने गाडी फिर्ता गरेको नगरप्रमुख बुढाथोकीले बताउनुभयो । 

दश स्थानीय तह रहेको सल्यानमा बागचौर नगरपालिकाले मात्र गाडी फिर्ता गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button