तपाईँ सुन्दै हुनुहुन्छः

फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति  

डडेलधुरा  । डडेलधुराको एक फर्निचर उद्योगमा गए राती आगलागी हुँदा लाखौँको क्षति भएको छ । 

जिल्लाको अमरगढी नगरपालिकास्थित तुफानडाँडा नजिक रहेको शर्मा एण्ड शर्मा फर्निचर उद्योगमा बिहीबार राति करिब १२ः३० बजेको समयमा आगलागी भएको हो । 

आगो करिब साढे १ बजे नियन्त्रणमा लिइएको भए पनि आगलागीबाट काठहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । 

बिद्युत् सट भएर आगलागी भएको अनुमान गरिए पनि प्रहरीले यस बारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

झन्डै ४० लाखभन्दा बढीको क्षति भएको उक्त फर्निचर उद्योगमा तयार भएका फर्निचर र तयारी काठहरू जलेर नष्ट भएको छ । 

अमरगढीको दमकल ढिला आएका कारण क्षति हुनबाट बचाउन नसकिएको पीडितले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button