तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा कोभिड संक्रमित पुरुषको मृत्यु

नेपालगन्ज। बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा रुकुम पश्चिमका एक पुरुषको कोभिडबाट मृत्यु भएको छ ।

आठविसकोट नगरपालिका वडा नम्बर ६ रुकुम पश्चिमका ६५ वर्षीय पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

माघ १५ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएका उनी १६ गते कोभिड वार्डमा भर्ना भएका थिए । उनले कोभिड विरुद्धको कुनै पनि खोप नलगाएको वलीले बताउनुभयो ।

अहिलेसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने बाँकेका ३४६ जनाको कोभिडबाट मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button